काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम पहिलेको तुलानामा केही फरक भएको छ ।
त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । साथै, पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
यसैगरी, राती पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।