असोज ०६, २०८१, आइतबार
               

स्कर्पियो दुर्घटनामा पाँच जना घाइते

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

धादिङमा स्कर्पियो (जिप) दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । 

मंगलबार बिहान धादिङबाट काठमाडौं आइरहेको बा१५च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका-८ ससाहमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका-३, का ३० वर्षीय विनोद खतिवडा, त्रिपुरासुन्दरी नगरपालिका-२ का ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ, नीलकण्ठ नगरपालिका-७ का २४ वर्षीय विक्रम विश्वकर्मा, काभ्रे रोशी गाउँपालिका-३ का ३१ वर्षीय चन्द्रलाल प्वापी र नीलकण्ठ नगरपालिका-३ का ३८ वर्षीय आइत नेपाली छन् ।

खतिवडा र श्रेष्ठलाई हेलिक्पटरबाट काठमाडौंको ग्राण्डी अस्प्ताल  ल्याइएको छ । नेपालीलाइ एम्बुलेन्सबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि