असोज ०६, २०८१, आइतबार
               

भारतको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।

भिमसेन आदर्श उच्च माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको काठमाडौंस्थित भारतीय दूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय प्रतिनिधि, विद्यार्थी एवम् विद्यालय परिवारद्वारा संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गरिएको हो ।

विद्यालयको भवन निर्माणको लागि भारत सरकारले २.५८३ करोड नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

नवलपुरको देवचुली–७ मा अवस्थित यस विद्यालयको सन् १९६९ मा स्थापना भएको हो । कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये ५५ प्रतिशत भन्दा बढी छात्रा छन् ।

नवनिर्मित विद्यालय भवनमा १६ वटा कक्षाकोठा, प्रयोगशाला, प्रशासन तथा कर्मचारी कक्ष, बैठक कक्ष, चमेना गृह, औषधी कक्ष र सरसफाइलगायतको सुविधा रहेको छ ।

यो पनि