असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमित जसपा नेताको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का नेता गजेन्द्रबहादुर लिम्बु (इस्बो) कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

असोज २७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई कार्तिक १२ गते न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।

निमोनियाको समस्या देखिएका उनको मंगलबार बिहान साढे तीन बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ

भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष समेत रहेका ६३ वर्षीय इस्बो समाजवादी पार्टीका नेता हुन् । 

उनी धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका थिए ।

उनी जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष हुन् ।

यो पनि