असोज ०६, २०८१, आइतबार
               

तिहारमा देउसी-भैलो खेल्न निषेध

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

बागलुङमा यस वर्षको तिहारमा देउसी-भैलो खेल्न नपाइने भएको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसी-भैलो नखेल्न भनेको हो ।

प्रशासनले सक्रिय सङ्क्रमित बढी भएका केही वडामा बन्दाबन्दी गर्ने, तिहारका अवसरमा खेलिने देउसीभैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काम बाहेक नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ नम्बर वडामा सोमबार मध्यरातदेखि लागू हुने गरी एक साताका लागि लकडाउन गरिएको छ । देउसीभैलो खेल्दा भिडभाड हुने भएकाले जिल्लाभर देउसी-भैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

‘सोमबार बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यक बाहेकका सेवा, बजार र यातायात बन्द गर्ने र जिल्लाभर देउसीभैलो खेल्न नपाउने निर्णय गरेको छ’, प्रजिअ न्यौपानले भने, ‘समुदायमा कोरोना फैलिएको क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा भिडभाड बढी हुन सक्ने भन्दै देउसी-भैलो खेल्न रोक लगाएका हौँ ।’

यस्तै बागलुङ बजार क्षेत्रका बैंक तथा वित्तीय संस्था पनि एक साता बन्द हुने भएका छन् । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घको आग्रहमा बागलुङ बजार क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बन्दाबन्दीको समयमा अत्यावश्यक सेवा भने सञ्चालनमा रहने छन् ।


कस्तो लाग्यो ?

यो पनि