जेठ ०५, २०८१, शनिबार
               

तारेखमा घर गएका रोशनले गरे श्रीमतीकाे हत्या

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

भक्तपुर । कुटपिट गरी २९ वर्षीया श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय रोशन नागालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले श्रीमती निरु कासिछ्वाका‍‍े हत्या आरोपमा नागालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जानकारी दिइन् । 

१२ वर्षअघि प्रेम विवाह गरेको निरुलाई रोशनले पटकपटक कुटपिट गर्ने गरेको र पछिल्लो समय पनि कुटपिटबाटै मृत्यु भएको माइती पक्षको भनाइ छ । यही असोज १८ गते बिहानै निरु रुदैँ माइती आएर लोग्नेले पटकपटक कुटपिट गरेको र रातभरी पनि कुटेर सहनै नसक्ने भइयो, पुलिसलाई रिपोर्ट दिनु पर्यो भनेको दाजु विकास कासिछ्वा बताउछन् । 

सोही दिन महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि रोशनलाई बोलाएर छलफल गर्दा अब मिलेर बस्ने भनेर सहमतिपछि पाँच दिनको तारेखमा घर पठाएको उनले बताइन् । प्रहरी उपरीक्षक थापाले तारेखमा छाडे पनि नागा तारेक लिन नआएको र एकै पटक निरुको हत्या भएको जाहेरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरेको बताइन् ।


कस्तो लाग्यो ?

यो पनि