जेठ ०५, २०८१, शनिबार
               

बोक्सीको आरोपमा आफ्नै आमाको हत्या

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

सिरहा । सिरहा कर्जन्हा नगरपालिका ३का रामअवतार सहले बोक्सीको आरोपमा आफ्नै ९० वर्षीया  आमासुदामा देवी साहको हत्या गरेका छन् । 

रामअवतार साह ती ९० वर्षीय सुदामा देवीका कान्छा छोरा हुन् । उनले आफ्नै आमा साहको  बोक्सीको आरोपमा कुटपिट गरी हत्या गरेका हुन् । 

केही दिनअगाडि रामअवतारकी बुहारी मनीषाको खुट्टामा घाउ भएको थियो । प्रहरीका अनुसार घाउ लामो समयसम्म निको नभएपछि आमाले नै बोक्सी लगाएर घाउ बनाएको आरोप उनको हत्या गरिएको हो । आमालाई कुटपिट गरी हत्या मात्रै नभई हत्या हुनुपुर्व दिसा खुवाउने प्रयाससमेत गरेको खुलेको छ । प्रहरीका अनुसार दिसा खुवानै लाग्दा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । 

आमाको हत्या गर्ने रामअवतारलाई प्रहरीले पक्राउ गरिसकेको छ ।उनीमाथि ज्यान मार्ने मुद्दा दर्ताको तयारी भइरहेको बताइएको छ । 

ती ९० वर्षीया आमा हत्या गर्ने कान्छा छोरासँगै बस्दै आएकी थिइन् । 

तत्कालै उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । डाक्टरहरुले उनको घाँटीको हड्डी नै बाँगिएको र यो उमेरमा उपचार हुन नसक्ने भन्दै दुई दिनपछि घर फर्काइदिएका थिए ।

शनिबार उनको स्वास्थ्य पुनः बिग्रिएपछि सिरहा जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि