जेठ ०४, २०८१, शुक्रबार
               

तस्कर समूहसँग झडप हुँदा १२ राउन्ड हवाइफायर, ४ जना घाइते

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

बारामा प्रहरी र तस्कर समूहबीच झडप हुँदा १४ वर्षीय बालकसहित तीन जना प्रहरी घाइते भएका छन्।

सुवर्णपुर गाउँपालिकामा सोमबार राति भएको झडपमा  प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १२ राउन्ड हवाइफायर गरेको थियो । हवाइफायर गर्दा बालकलाई टाउकोमा लागेको प्रहरीले जनाएकाे छ । 

'तस्करीको सामान नियन्त्रणमा लिँदा स्थानीयले अवरोध गरेर प्रहरीमाथि आक्रमण गरेपछि क्रममा १२ राउन्ड हवाईफायर भएको प्रहरीले जनाएकाे छ । बालकको हाल बयोधा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको अपरेशन गरिएको छ । 

त्यस्तै एक जना सई सहित घाइते तीन प्रहरीको कलैया अस्पतालमा उपचार भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि