बैशाख ०७, २०८१, शुक्रबार
               

आज पनि दशैँकाे टीका लगाउने क्रम जारी

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् ।

सोमबार (कात्तिक १०) विजयादशमीका दिन टीका लगाउन जान नभ्याएकाहरूले आफन्त र मान्यजनहरूको हातबाट लगाइने टीकालाई निरन्तरता दिइरहेका हुन् । अब विस्तारै दशैंको चहलपहल कम हुँदै गएको छ । कोरोनाकै कारण यसवर्ष सोचे जसरी पर्वहरु मनाउन नपाइए पनि अबको केही हप्तापछि नै अर्को ठूलो चार्ड तिहार आउने भएकाले नेपालीहरु अब तिहारको तयारीमा लाग्ने गर्दछन् ।

विगतमा दशैंको कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको सडकहरूमा बाक्लै भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण चहलपहल भने न्यन देखिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि