जेठ ०५, २०८१, शनिबार
               

बैंङ्लोरले मुम्बईलाई दियो १६५ रनको लक्ष्य

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई १६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको हो ।

बैङ्लोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ७४ रन बनाउँदा जोस फिलिपेले ३३ रन जोडे। त्यसबाहेकका ब्याट्सम्यानको योगदान खास उल्लेखनीय रहन सकेन।

उता मुम्बइका लागि जसप्रित बुमराहले ३ विकेट लिँदा, ट्रेन्ट बोल्ट, राहुल चहर र किइरोन पोलार्डले समान १/१ विकेट लिए। जारी आइपिएलमा बैंगलोर र मुम्बई दुवैले ७/७ खेल जितेका छन् भने ४/४ खेलमा हार बेहोरेका छन् ।   


कस्तो लाग्यो ?

यो पनि