बैशाख २४, २०८१, सोमबार
               

सोयाबिन उद्योगमा आगलागी हुँदा चार करोडबराबरको क्षति

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

कैलाली । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आगलागी हुँदा करिब  चार करोडबराबरको क्षति भएको छ । बलायर सोयाबिन उद्योगमा विद्युत् चुहावट भई आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको छ । त्यसैगरी, सञ्चालक मनीष बलायरले बुधबार बिहान उद्योगमा आगलागी भएको जानकारी दिए । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 


कस्तो लाग्यो ?

यो पनि