जेठ ०३, २०८१, बिहीबार
               

बारामा भीषण आगलागी, एक करोडबराबरको क्षति भएको प्रहरीको अनुमान

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

बारा । बाराको छातापिपरामा रहेको एक मिलामा भीषण आगलागी भएको छ ।  जितपुरसिमरा उपमहानगरपालिका– ९ मा अवस्थित कोहिनुर टेक्सटाइल मिलमा मंगलबार आगलागी भएको हो । सो घटनामा करिब करिब एक करोड रुपैयाँको क्षति भएको प्रहरीले पूर्वानुमान गरेको छ । 

आगलागी जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगन्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा ३: २५ मा नियन्त्रणमा लिएको  छ । इलाका प्रहरी कार्यालय जीतपुरका अनुसार कपडा उद्योगमा वेल्डिङ गर्दा भुसमा आगो सल्किएर उद्योगभर आगो फैलिएको थियो । 

आगलागीमा उद्योगमै काम गर्ने भारतीय नागरिक २३ वर्षका सतिषकुमार महतो घाइते भएका छन् । दायाँ हात र अनुहारमा आगोले पोलेको उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि