बैशाख २१, २०८१, शुक्रबार
               

स्याङ्जा तमादीका पहिरोपीडितलाई स्याङ्जा सहयोग समाजको आर्थिक सहयोग

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

स्याङ्जा । स्याङ्जाको वालिङ १४ तमादीका पहिरोपीडितलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ ।

गत असोज ८ मा घरमाथिबाट  पहिरो जाँदा एकै घरका नौ जनाको पुरिएर ज्यान गएकाको थियो । त्यसैगरी सो पहिरोका कारण अन्य परिवार विस्थापित भएका थिए । तिनै मृतकका परिवार विस्थापितहरुलाई दुई लाख ३० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । 

रोजगारीको सिलसिलामा विदेशमा बस्ने नेपालीहरुको छाता सङ्गठनकोरुपमा रहेको समाजको वैदेशिक शाखा दक्षिण कोरिया, दोहा कतार, स्पेन, अमेरिका र साउदी अरबमा गठन भएका समितिहरुमार्फत सङ्कलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको बताइएको छ । 

सहयोगस्वरुप सङ्कलन भएको रकममध्येबाट नौ जना परिवार गुमाएका भोजराज र मनीषा नेपालीलाई एक लाख १० हजार र उक्त पहिरामा घर पुरिएर विस्थापित भई छिमेकीको घरमा आश्रय लिएर बसेका चार परिवारलाई प्रति परिवार ३० हजारका दरले एक लाख २० हजार उपलब्ध  वितरण गरिएको बताइएको छ । 

पहिराले घर पुरिँदा एकै घरका नौ जनाको मृत्यु भएको थियो भने अन्य चार घर परिवार विस्थापित भएका छन् ।

यो पनि