जेठ ०३, २०८१, बिहीबार
               

पूर्वसांसद सञ्चपाल मादेनको घरमा आगलागी

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । पूर्वसांसद सञ्चपाल मादेनको घरमा आगलागी भएको छ । प्रहरीका अनुसार फुङलिङ नगरपालिका-९ हाङदेवाको उनको घरमा सोमबार घरमा कोही पनि नभएको अवस्थामा उनको घरमा आगलागी भएको हो ।प्रहरीका अनुसार घर जल्दा ३९ लाख ६५ हजार मूल्यबराबरको क्षति भएको छ । 

आगलागी पीडित सांसदले आमाको घरमा टिका लगाउन गएर खाना खाँदै गर्दा छिमेकीले घर जल्दै गरेको खबर गरेपछि आफूले आफ्नो घरमा आगलागी भएको थाहा पाएको बताए । उनले भने, ‘हिजोदेखि बिजुली झिपझिप गर्दै थियो, त्यसैले जलेको होकी भन्ने आशंका गरेको छु ।’

आगलागीबाट सांसद मादेनको घर पूर्ण रुपमा जलेको छ । आगलागीबाट घरमा सुकाएर राखेको ८ मन अलैंची, एक तोला सुन, १ लाख ५० हजार बराबरको पुस्तक, धान, मकै, कोदो, लत्ताकपडा लगायतका सामग्री जलेको मादेनले बताएका छन् ।

शरीरमा लगाएको कपडा बाहेकको केहीपनि सामग्री नजोगिएपछि फुङलिङ नगरपालिकाले राहत सामग्री पुर्‍याएको छ । ‘मेरोमा चामलसम्म बचेको थिएन, मेयर साबले सामग्री पठाउनु भएको रहेछ,’ मादेनले भने, ‘पुस्तक र मेडल जस्ता दस्ताबेज जलेकोमा पीडाबोध भएको छ ।’


कस्तो लाग्यो ?

यो पनि