राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए ।
प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्यले राष्ट्रपतिको हातबाट टीका ग्रहण गरेका हुन् । उनीहरूलाई राष्ट्रपति भण्डारीले टीका र जमराको माला लगाइदिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।