जेठ ०३, २०८१, बिहीबार
               

‘रेशम फिरिरि’ गाउदै चिनियाँ राजदूतले दिइन् दशैँकाे शुभकामना

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रेशम फिरिरि बाेलकाे नेपाली गीत गाउँदै दसैँको शुभकामना सन्देश दिएकी छन् । 

उनले साढे २ मिनेट लामाे आफ्नै आवाजमा मिक्सिङ गरिएकाे गीत पोस्ट गर्दै दशैँकाे शुभकामना समेत दिएकी छन् । उनकाे साथमा सहकर्मीहरूकाे पनि आवाज रहेकाे उल्लेख छ । 

राजदूत यान्छीले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै लेखेकी छिन्, ‘ मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं । सबैलाई शौभाग्य र खुशी ल्याओस् ।’


कस्तो लाग्यो ?

यो पनि