जेठ ०३, २०८१, बिहीबार
               

शिक्षकबाट राजीनामा दिएर केरा खेती

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गरिरहेका छन् । लमही नगरपालिका–३ फल्कापुर निवासी नारायणप्रसाद भुषालले बगरमा केरा खेती गरेका हुन् । राप्ती नदीले कटान गरेको लमही–२ राजपुरको करिब १२ बिघा क्षेत्रफलमा केरा खेती गरेको उनले भने “पहिले बस्ती थियो, तर राप्ती नदीले कटान गर्न थालेपछि बस्ती अन्तै सर्यो, यो स्थान बगरमा परिणत भयो । बगरमा परिणत भएपछि यो स्थानमा अहिले मैले व्याजसायिक केरा खेती गर्न थालेको छु ।”

वार्षिक तीन लाख ६० हजार भाडा दिने सम्झौता गरी उक्त जग्गाामा ‘जी नाइन, वैलिएम हाईब्रेड र हरि साल’ जात लगायतकाका १५ हजार केराका बिरुवा रोपेको उनको भनाइ छ । तीन वर्षदेखि व्यावसायिक केरा खेती शुरु गर्नुभएका भुषालले पहिलो सिजनमै दुई लाख ५० हजार आम्दानी गर्न सफल भएको बताए ।

एउटा केराको बोटमा २७५ वटासम्म कोसा लाग्ने गरेका छन् । उनले दोस्रो सिजनमा करिब सात लाख आम्दानी गर्ने योजना छ । अहिले दोस्रो सिजनको केरा पनि तयार भइसकेको उनको भनाइ छ । हाल उत्पादन भएका केराहरु लमही बजारमै खपत हुने गरेको उनले बताए ।

भुषालले लमहीस्थित खिमबहादुर शाह माध्यमिक विद्यालयमा गणित विषयमा १० वर्ष अध्यापन गरेका थिए । त्यसपछि दुई वर्ष निजी विद्यालयमा पनि अध्यापन गरेका उनले शिक्षक पेशाभन्दा पनि कृषि पेशामा सम्भावना देखेपछि उक्त पेशा रोजेकाे बताए । 


कस्तो लाग्यो ?

यो पनि