जेठ ०३, २०८१, बिहीबार
               

आज महानवमी दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

आज महानवमी सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरी मनाइँदै छ ।देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले पनि चिनिन्छ । 

शास्त्रीय विधि विधानअनुसार आज पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पूरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने बताइन्छ ।  देवी सिद्धिदात्रीको वाहन सिंह हो । सिद्धिदात्री कमलको फूलमा बिराजमान छन् । नवौँ दिनमा यस देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुने मान्यता छ । 

आज दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तसती, श्रीमद देवीभागवत एवं देवीस्तोत्र पाठ गरेर पनि मनाइन्छ ।

यसका अलवा आजै दुर्गा पूजालगायत कार्य गरी  जमरा विभिन्न शक्तिपीठमा चढाइँदै छ । पशुबलि नदिनेहरुले भने आज  आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलको बलि दिने चलन छ । अधिकांश स्थानमा महाअष्टमीका दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ।

तर, यस वर्ष कोरोना कहरका कारण शक्तिपीठहरुमा भक्तजनको उपस्थिति कम छ ।   

महानवमीलाई विशेष महत्वका साथ हेरिएको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध) गरेको किवंदन्ती छ । 


कस्तो लाग्यो ?

यो पनि