जेठ ०४, २०८१, शुक्रबार
               

आगलागी हुँदा तीन घरपरिवारको बिचल्ली

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ४ पटगाउँबेंसीमा आज बिहान विद्युत् चुही आगलागी हुँदा तीन घरपरिवारको घरसहित सबै सामान नष्ट भएको छ । स्थानीयवासी श्याम तामाङ, बुद्ध तामाङ र सुरेश तामाङको ढुङ्गामाटाको तीनतले घरमा आगलागी हुँदा नगद, गरगहना, लत्ताकपडा र अन्नपात सबै जलेको छ । 

स्थानीय बासिन्दा सङ्ग्राम तामाङका अनुसार बिचल्लीमा परेका उनीहरूलाई छिमेकीका सहयोगमा बसोबासको ब्यवस्था मिलाइएको छ । सुरेशका घरबाट आगलागी शुरु भएको जनाइएको छ । 

 वडाध्यक्ष लालबहादुर श्रेष्ठले तीन घरपरिवारको बसाइ व्यवस्थापनमा वडा कार्यालयले सहजीकरण गरिरहेको बताए । ‘अन्नपात सबै जलेर नष्ट भएका कारण हामीले तत्कालका लागि खाद्यान्न र त्रिपालको व्यवस्थापन गरेका छौंँ ।’ 


कस्तो लाग्यो ?

यो पनि