जेठ ०३, २०८१, बिहीबार
               

दशैंमा सडक बालकलाई नयाँ कपडा

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

दमौलीका युवतीहरूले मिलेर गठन गरेको रोटर्‍याक्ट वेदव्यासले सडक बालकलाई नयाँ कपडा खरिद गरिदिएको छ ।

दमौली बजारमा माग्दै हिँड्ने गरेका तीन बालकलाई क्लवले दशैंमा नयाँ कपडा खरिद गरिदिएको हो । क्लवका सदस्यहरुले प्रयोग गरेको कपडा विक्री गरेर उठेको रकमले तीन बालकलाई नयाँ कपडा खरिद गरिएको क्लवका अध्यक्ष सन्जु घलेले जानकारी दिइन् । “क्लवकै सदस्यहरूले अलि अलि प्रयोग गरेको कपडा सेकेण्ड ह्याण्डमा काठमाडौंमा विक्री गरेर चार हजार आठ सय सङ्कलन भएको थियो, त्यही पैसाले सडक बालकलाई नयाँ कपडा किनेर दियौ ।'

सडक बालकहरूले दमौलीस्थित एक पसलमा आफैले कपडा रोजेका छन् । “दशैंमा नयाँ कपडा प्रदान गरेर सडक बालकलाई खुशी दिन सकिन्छ की भनेर यो काम गरेका हौ,” अध्यक्ष घलेले भनिन्, “नयाँ कपडा पाएपछि उनीहरू खुशी भएको देखेर हामीलाई पनि आत्मसन्तुष्टि मिलेको छ ।”

केही समय अगाडि मात्रै गठन भएको उक्त संस्थाले व्यास नगरपालिका–५ चापाघाटमा साक्षरता अभियान सञ्चालन गरिसकेको छ । उक्त अभियानबाट हालसम्म अक्षर नचिनेका वृद्धाहरूले अक्षर चिन्न सफल भएका छन् भने अक्षर चिनेकाले आफैले हस्ताक्षर गर्न सक्ने भएका छन्  ।


कस्तो लाग्यो ?

यो पनि