जेठ ०३, २०८१, बिहीबार
               

कोलकताले दिल्लीलाई दियो १९५ रनको लक्ष्य

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सलाई कोलकता नाइट राइडर्सले १९५ रनको  विशाल लक्ष्य दिएकाे छ । 

खराब सुरुवात गरेको कोलकाताका लागि नराइन र रानाले अर्धशतकीय पारी खेले । अबुधाबीस्थित शेख जायेद स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले ६ विकेटको क्षतिमा १९४ रन बनाएको हो ।

राहुल त्रिपाठीले १३ रन जोड्दा सुभमन गिल ९ र दिनेश कार्तिक तीन रनमा पेभिलियन फर्किएका थिए । कप्तान इयोन मोर्गन १७ रनमा अविजित रहे ।

कोलकताका लागि नितिस रानाले सर्वाधिक ८१ रन बनाउँदा सुनिल नारिनले ६४ रन जोडे । उता दिल्लीका लागि मार्कस स्टोइनिस, एनरिच नोर्टजे र कागिसो रबाडाले समान २/२ विकेट लिए।


कस्तो लाग्यो ?

यो पनि