जेठ ०४, २०८१, शुक्रबार
               

शुक्रबार मध्यरातिबाट अधिकांश विदेशी च्यानल प्रशारणमा रोक

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

काठमाडौं ।क्लिनफिड लागू भएसँगै  शुक्रबारबाट अधिकांश विदेशी च्यानलको प्रशारण बन्द भएको छ ।

नेपालमा प्रसारित अधिकांश विदेशी च्यानलको स्वामित्व भारतीय टेलिभिजन नेटवर्कसँग भएको, तर च्यानल क्लिनफिडमा आबद्ध नभएकाले अधिकांश टेलिभिजनको प्रशारणमा रोक लगाइएको हो ।

यद्यपि, भारतीय टेलिभिजन नेटवर्कहरु ‘जी’ र ‘सोनी’ अन्तर्गतका च्यानल  प्रशारण भइरहेका छन् । यी च्यानलले क्लिनफिड कार्यान्वयन गरेकाले  प्रशारण जारी रहेको बताइएको छ ।

क्लिनफिड कार्यान्वयन नभएका, तर  नेपालमा प्रशारण हुँदै आएका स्टार, बिबिसी, सिएनएन, डिस्कभरीलगायत च्यानल  शुक्रबार रातिदेखि  बन्द भएका छन् । स्टारअन्तर्गत स्टार स्पोर्टस्, स्टार प्लस, स्टार गोल्ड, स्टार मुभिज, नेश्नल जोग्राफिक, स्टार १, स्टार २ लगायत २० भन्दा बढी स्टार बन्द भएका छन् । 

विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा क्लिन फिड नीति लागू गरिएको हो । गत वर्षको कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागू गर्ने प्रावधान राखिएको थियो । त्यहीअनुरुप शुक्रबार रातिबाट ती च्यानल बन्द भएका हुन् । 

क्लिन फिड लागू भएसँगै नेपालको विज्ञापन बजार ३ देखी ४ अर्ब रूपैयाँले बढ्ने अपेक्षा गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि