जेठ ०२, २०८१, बुधबार
               

सैनिकमञ्च टुँडिखेलमा फूलपातीको अवसरमा बढाइँ कार्यक्रम सम्पन्न

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सैनिकमञ्च टुँडिखेलमा फूलपातीको अवसरमा बढाइँ कार्यक्रम सम्पन्न भएको छ । नवरात्रिको सातौँ दिनको अवसरमा गरिने सो कार्यक्रम यस वर्ष औपचारिकता मात्रै गरी सम्पन्न गरिएको हो । 

कोभिड-१९ का कारण यस वर्षको फूलपाती विगतको तुलनमा कम तामझाम भई औपचारिकता मात्र सीमित गरियो ।कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लास नगरी धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने गरी प्रतीकात्मक रूपमा मात्र बढाइँ गरिएकाे नेपाली सेनाले जनाएको छ। 

विगतमा सो कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास गरिएको थियो । अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गर्थ्याे । तर,  यस वर्ष २५/२५ जनामा सीमिति गरिएको छ ।

यो पनि