जेठ ०२, २०८१, बुधबार
               

महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा भूत मेला सुरु

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

महोत्तरी । महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा शुक्रबारदेखि भूत मेला सुरु भएको छ । 

भूतमेलाका लागि प्रसिद्ध महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा वडादसैँमा अनादिकालदेखि मेला लाग्दै आएको छ । औरही नगरपालिका–७ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि लागेको हो । 

सो मन्दिरका पुजारीका अनुसार मेलामा हजारौं पीडित (कारनी) र दर्शनार्थीको भीड लाग्ने गर्छ । भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष सो मेलामा आउँछन् । सोनामाईको कृपाले यहाँबाट मानिसहरु निको भएर जाने गरेको पुजारीले बताए । 

प्रत्येक वर्ष हजारौं दर्शनार्थी आउने यो मेलामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण निक्कै कम भक्तजन सहभागी हुने अनुमान गरिएको सोनामाई पूजा व्यवस्थापन समितिले जनाएको छ । मेलामा आउने पीडित (कारनी)र दर्शनार्थीका लागि रातिको बास र सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको पनि समितिले जनाएको छ ।

वर्षौंदेखि भूत, पिशाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवनमृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दैपड्दै, रुँदैहाँस्दै आफैँ बक्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको अर्का पुजारी रमेश झाको भनाइ छ ।

 


कस्तो लाग्यो ?

यो पनि