जेठ ०२, २०८१, बुधबार
               

बहराइनका राजकुमार स्वदेश फिर्ता

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । लुबुचे र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरी बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा स्वदेश फर्किएका छन् ।

१८ जनाको टोलीसहित ३७ दिन नेपाल बसेका उनी शुक्रबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले बिदाइ गरेका थिए ।

नेपालका हिमाल आरोहण गर्न क्रिस्टिफर एन्थोनीको नेतृत्वमा राजकुमार खलिफा सहित १८ सदस्यीय टोली गत भदौ ३१ मा उनी नेपाल आएका थिए  ।टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी र ३ जना बेलायती नागरिक थिए ।

उक्त टोलीले ८५१६ मिटर अग्लो मनास्लु र ६११९ मिटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो । मनास्लु हिमाल बेसक्याम्पबाट आठै दिनमा सफल आरोहण गरेको थियो ।

स्वदेश फर्कने क्रममा उनले  आफ्नो अनुभव मध्यपूर्वका जनतालाई बाँड्ने प्रतिवद्धता जनाएका छन् । सो बिदाइका क्रममा उनले भने, ‘नेपालप्रति मेरो यति लामो बसाइमा कुनै गुनासो छैन, यहाँको आतिथ्यतादेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यताको अनुभव साच्चिकै स्मरणीय रह्यो ।’

उनले आफूले हिमाल चढ्दा प्राप्त गरेको अनुभव मध्यपूर्वका जनतालाई बाँड्ने प्रतिबद्धता जनाएका छन् । राजकुमार खलिफाले भने, ‘नेपालप्रति मेरो यति लामो बसाइमा कुनै गुनासो छैन, यहाँको आतिथ्यतादेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यताको अनुभव साच्चिकै स्मरणीय रह्यो ।’


कस्तो लाग्यो ?

यो पनि