जेठ ०२, २०८१, बुधबार
               

चितुवाको आक्रमणबाट तीन जना घाइते, १३ खसीबाख्रा मरे

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ मा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । 

घाइते हुनेमा धर्मदेवी–४ हुम्लिङका ७६ वर्षीय धनबहादुर घिमिरे, २५ वर्षीय गणेश घिमिरे र ४० वर्षीय टंक श्रीपाली छन् ।

धर्मदेवी–४ का वडाध्यक्ष अनिरुद्रसिंह लिङ्खाका अनुसार आज बिहान ९ बजे हुम्लिङ पसेको चितुवाले गाउँभरिका बाख्रा मार्न थालेपछि स्थानीयवासीले प्रतिकार गरेका थिए ।  

प्रतिकार गर्नेक्रममा घाइते भएकामध्ये धनबहादुर र श्रीपालीको अवस्था गम्भीर रहेको वडाध्यक्ष लिङ्खाले बताए । 

चितुवाले हुम्लिङमा १३  खसीबाख्रा पनि मारेको छ । श्रीपालीका सात, जसबहादुर लिङ्खाको एक र  लीला श्रीपालीका पाँच बाख्रा मारिएको उहाँले जानकारी दिए । 

घाइतेलाई उपचारका लागि नगरपालिकाको गाडीमार्फत प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पठाइएको धर्मदेवीका नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि