बैशाख १७, २०८१, सोमबार
               

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) एक सूचना सार्वजनिक गरी मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ ।

गत बैसाख ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षण कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका अनुसार परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन हुनेछ ।

यसैबीच, कोरोना संक्रमण भएर उपचार गराइरहेका विद्यार्थीलाई परीक्षा केन्द्रमा उपस्थित नहुन बोर्डले आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि