बैशाख ३१, २०८१, सोमबार
               

प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटियो

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

कैलाली ।  कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । सँगै ड्युटीमा रहेका असईको शव  भेटिएको चार दिनपछि मंगलबार उनको शव भेटिएको हो ।  इन्चार्ज गोविन्द (असई) विकको शव भेटिएको ठाउँबाट करिब २०० मिटर टाढा नदीभित्र गाडिएको अवस्थामा उनको शव भेटिएको बताइएको छ । 

शनिबार राति मोटरसाइकल गस्तीमा गएका बेला असई विक र जवान रामबबहादुर साउदलाई तस्कर समूहले निशानामा पारी हत्या गरिएको आशंका गरिएको छ । यद्यपि पुष्टि भने भइसकेको छैन ।

तर, प्रहरीले मंगलबार अनुसन्धान हत्यारा पत्ता लगाउने नजिक पुगेको जानकारी दिएको छ । उनीहरुको हत्या भएको भोलिपल्ट नै  इन्चार्ज विकको शव मोहना नदीमा भेटिएको थियो ।तर,  हवलदार भने सम्पर्कविहीन थिए । 

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केहीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । उनीहरु सामूहिक आक्रमणमा परेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

यो पनि