जेठ ०२, २०८१, बुधबार
               

कर्फ्यु वा संकटकाल लगाउने भनी संप्रेशित सूचना तथ्यहीन : गृहमन्त्रालय

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । गृह मन्त्रालयले विभिन्न विद्युतीय माध्यमबाट कर्फ्यु लाग्ने भनी भ्रामक समाचार संप्रेसित सूचना भ्रामक र तथ्यहीन भएको भनी प्रस्ट्याएको छ । 

गृहमन्त्रालयले सोमबार सोमबार मोबाइल, सामाजिक सञ्‍जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल-कर्फ्यु लाग्ने भन्ने सूचना गलत भनी स्पष्ट्याएको हो । यसका अलवा गृहमन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । 

आइतबार राति र सोमबार बिहानदेखि नै तत्काल कर्फ्यु लगाइएको, सशस्त्र प्रहरीले एयर ट्राफिक र नेपाल भारत सीमामा हुनसक्ने सुरक्षा खतराको निगरानी राखिरहेको भन्दै अस्पतालबाहेकका सेवाहरु स्थगित गरिएको भन्दै संप्रेशित सन्देशबारे गृहले केही खुलाएको छैन । 


कस्तो लाग्यो ?

यो पनि