जेठ ०२, २०८१, बुधबार
               

दशैँ र तिहारमा भीडभाड गर्न निषेध

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

रुकुमपूर्व । यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ । 

नेपालमा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको अवस्थामा जोखिम उच्च हुने भन्दै जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले दशैँ लक्षित भीड, मेलापर्व सञ्चालन र मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरेको हो ।

मन्दिरहरुमा नित्य पूजा बाहेक सबै खाले दर्शनमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । 

बढी भाडा लिनेलाई कारबाही

यातायात व्यवसायीले यात्रुहरुबाट आफूखुशी भाडा उठाउने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले त्यरी भाडा असुल्न रोक लगाउने निर्णय गरेको छ । 

कोभिड संक्रमणको बेलामा सरकारले ५० प्रतिशतसम्म भाडा बढाएर यात्रु ओसारपसार गर्न भनेको थियो ।

तर, गत असोज ३० गतेबाट भने पुरानै भाडादर कायम गरी यात्रुलाई सेवा दिन भनिएपनि बढी भाडा लिने गरेको गुनासो आएको थियो ।


कस्तो लाग्यो ?

यो पनि