बैशाख २८, २०८१, शुक्रबार
               

गोरखाबाट १२ जना जुवाडे पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले गोरखाबाट १२ जना जुवाडेलाई  पक्राउ गरेको छ । जिल्लाको गोरखा नगरपालिका–४ पन्थेश्वाँरामा जुवा खेलिरहेका १२ जनालाई एक लाख ४६ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कृष्णबहादुर खवासको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा उनिहरुलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट ३९ वटा कौडासमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि