बैशाख १३, २०८१, बिहीबार
               

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे नेपाली सेनाले गरेका कामको सह्राहना

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथाम र बाढीपहिरो र डुवानजस्ता विपदमा नेपाली सेनाले  निर्वाह गरेको भूमिकाको सह्राहना गरेका छन् ।

आइतबार नेपाली सेनाको पृतनापतिहरुको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  नेपाली सेनाको सह्रना गरेका हुन् । यसका अलवा उनले नेपाली सेनाले  सम्पादन गर्ने सबै काम उच्च राष्ट्रिय महत्वको हुने बताए । सो सम्मेलनमा उनले सेनाले गरेका अपरेसन नाम्फा जोगाउ कार्यक्रम, विदेशबाट हवाई र स्थलमार्ग हुँदै स्वदेश फिर्ता हुने नेपालीहरुको व्यवस्थापन कार्य, क्वारेन्टाइनन र आइसोलेसन सेन्टरको व्यवस्थापन, कोभिड–१९ सम्बन्धमा विभिन्न माध्यमबाट सेनाले गरेको जनचेतना अभिवृद्धिको प्रसंसा गरेका थिए । 

त्यस्तै, उनले नेपाली सेनाको जिम्मेवारीमा रहेको दार्चुला–टिङ्कर खण्ड तथा संखुवासभा–किमाथांका सडक निर्माण पनि सेनाले तदारुकताका साथ सम्पन्न गर्नुपर्ने प्रधानमन्त्रीले बताएका छन् ।

यो पनि