जेठ ०२, २०८१, बुधबार
               

रौतहटका एक दम्पतीमाथि धारिलो हतियारले आक्रमण

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

रौतहट । मौलापुर नगरपालिका-५ पतौरा गाउँका ३५ वर्षीय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि धारिलो हतियारले साङ्घातिक आक्रमण भएको छ । धारिलो हतियारको आक्रमणले हरेन्द्रको दाहिने कानको छेउ र पत्नीको दाहिने पाखुरामा गम्भीर घाउ लागेको छ ।

उनीहरुलाई उपचारका लागि गएराति एम्बुलेन्सबाट एलएस न्युरो अस्पताल वीरगञ्ज पठाइएको छ । रातभरिको उपचारपछि दुवैको अवस्थामा सुधार हुँदै गएको जिल्ला प्रहरी प्रवक्ता  भरत श्रेष्ठले जानकारी दिए ।
राति एक बजे साह दम्पती सुतिरहेको अवस्थामा अज्ञात मानिसले दुवैमाथि धारिलो हतियारले आक्रमण गरेको थियो । आक्रमणको ठोस कारण खुल्न नसके पनि घटनास्थलको प्रकृतिअनुसार साहका घरमा चोरी गर्ने उद्देश्यले चोर आएको र जाग्राम भएपछि आफू बच्नलाई दम्पतीमाथि आक्रमण गरेर भागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रनाउ श्रेष्ठले  घरमा चोर देखेर  शिलादेवीले होहल्ला गर्दा उनमाथि पहिले र  हरेन्द्र उठ्दा उनीमाथि पछि आक्रमण भएको बताउँदै  घटनामा संलग्नको खोजी तथा अनुसन्धान भइरहेको जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि