बैशाख २३, २०८१, आइतबार
               

बलात्कारका घटनाविरुद्ध सिरहामा विरोध प्रर्दशन

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

सिरहा । बलात्कारका घटनाविरुद्ध युवाहरुले सिराहा सदरमुकाममा विरोध प्रर्दशन भएको छ ।  दसैँको पहिलो दिन घटस्थापनाको अवसर पारी  शनिबार युवाहरुले देशमा दिनहुँजसो बलात्कारका घटनाविरुद्ध प्रर्दशन गरेका हुन् ।

प्रदर्शनमा उत्रेका उनीहरुले कालो टिसर्ट, टाउकोमा कालोपट्टी बाध्नुका साधै विभिन्न नारासहित प्लेकार्ड बोकका छन् । बलात्कारविरुद्धको आवाज देशभरिबाट उठ्नुपर्ने उनीहरुको भनाइ छ । बलात्कारका घटनामा दोषीलाई सजायको साटो पन्चायत गरी मिलाउने घटनालाई रोक्न र कानुनी कारबाही गर्न दबाब दिन प्रदर्शन गरेको उनीहरुले बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि