काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ ।
गत जेठ ३० गते (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते (अक्टोबर १) देखि नै बहिर्गमन भएको थियो ।
आजदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन निकालेर जानकारी दिएको छ ।
नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो ।
यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् ।
गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो ।