बैशाख १८, २०८१, मंगलबार
               

काठमाडौंमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौंको मुलपानीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा सिन्धुपाल्चोकका ४२ वर्षीय सिंहबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार, तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हो ।

गएराति बा १८ प ८४२१ नम्बरको मोटरसाइकल मूलपानी क्रिकेट मैदान नजिकको सडकमा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा शंखरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक स्थायी घर भएका उनी काठमाडौं बस्दै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि