मंसिर ०७, २०८१, शुक्रबार
               

चीनले नेपालको दुई किलोमिटर सीमा अतिक्रमण गरेको कांग्रेसको निष्कर्ष

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लाको लिमीमा चीनले नेपालको दुई किलोमिटर क्षेत्र अतिक्रमण गरेको निष्कर्ष निकालेको छ । पूर्वमन्त्री तथा हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाही नेतृत्वको टोलीले ११ दिने स्थलगत अवलोकनपछि कांग्रेसले सो निचोड निकालेको हो ।  

सो क्षेत्र भ्रमण गरेका शाहीले कतिपय स्थानमा चीनले दशगजामा विभिन्न संरचना र नौवटा भवन निर्माण गरेको बताए । ‘यसअघि नेपालले यी ठाउँभन्दा उत्तरतर्फ सडक खनेको छ,’ उनको भनाइ छ ।

यसअघि बुधबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै हुम्लाको सीमामा चीनले गरेको अतिक्रमण सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्ति भएको बताएका थिए । शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘ नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ ।’

तर, यसअघि ७ असोजमा परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको सीमा मिच  यस्तो खबर आए पनि स्थलगत अवलोकन गर्दा अतिक्रमण नभएको पाइएको बताएका थिए ।

पछिल्लो पटक सीमा अतिक्रमणको विषयमा मुख खोलेको भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालबाट गृह मन्त्रालयले लिखित स्पष्टीकरण लिइसकेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरी नेतृत्वको टोलीले स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदन सरकारले गोप्य राखेको छ ।

विज्ञ समूहले स्थलगत अवलोकन नगरी भूमि अतिक्रमण भए नभएको ठोकुवा गर्न नसकिएला । तर अन्तर्राष्ट्रिय सीमाजस्तो विषयलाई नेपाल सरकार र प्रमुख प्रतिपक्षी दलले कति हल्का रुपमा लिँदा रहेछन् भन्ने चाहिँ हुम्ला प्रकरणले देखाएको मान्न सकिन्छ । मुलुकको सिमाको विषयमा समेत दलहरूबीच मतैक्यता देखिएको छैन ।


कस्तो लाग्यो ?

यो पनि