जेठ ०१, २०८१, मंगलबार
               

'अभियुक्तबाट कसैलाई विभिन्न प्रभाव पारी ठगी गरेको भएमा यस कार्यालयमा सम्पर्क गर्नू'

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौं । जब रात पर्छ तब सुरक्षाकर्मी पोशाक र सञ्चार सेटसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूका व्यवसायी लगायतका मानिसहरूलाई ठगी गर्ने एक युवकलाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेकाे छ । 

“विगत २ वर्षदेखि प्रहरीको सञ्चार सेट जस्तो देखिने केवुड ब्राण्डको १४४ एमएजकाे हाते वाकिटकी बोकी ट्राफिक प्रहरीको यूनिफर्मको रेनकाेट र प्रहरीकाे टिसर्ट लगाई प्राय: रातको समयमा म प्रहरी हुँ भनी ठगी गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी अनुसन्धान टोलीले अभियुक्त गोबिन्द खड्कालाई पक्राउ गरिएकाे छ ।'' महानगरीय अपराध महाशाखाले सामजिक सञ्जालमा पोष्ट गरेकाे विज्ञप्तिमा उल्लेख छ । 

रामेछाप खाडोदेवि गाउँपालिका-६ घर भई हाल काठमाडौंकाे बाँनियाटार बस्ने २८ वर्षीय गोबिन्द खड्कालाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइकाे महानगरीय अपराध महाशाखाले जनाएकाे छ । महानगरीय अपराध महाशाखाका अनुसार अभियुक्तत गोबिन्दकाे साथबाट प्रहरीले फरक फरक कम्पनीका २ वटा वकीटकी,  गोबिन्द खड्का लेखिएकाे नेमप्लेट, सुरक्षाकर्मीका केही युनिफर्महरू, सिठी, विभिन्न फरक फरक ब्राण्डका माेबाइलहरू बरामद गरेकाे छ । 

महानगरीय अपराध महाशाखाका अनुसार उनकाे साथमा रहेकाे वकीटकी सन् २०१४ मा सगरमाथा आरोहणको समयमा आउने क्रममा विदेशी पर्यटकहरूले खाना बनाउने र चालक काम गर्ने नेपाली मानिसलाई राख्न दिइएकोमा विगत २ वर्षयता गोबिन्द खड्काले उक्त सेटहरूको दुरुपयोग गरेको खुलेकाे छ । महानगरीय अपराध महाशाखाले उल्लेखित हुलिया भएका व्यक्तीबाट कोही कसैलाई विभिन्न प्रभाव पारी ठगी गरेको भएमा प्रहरी कार्यालयमा सम्पर्क गर्नुहुन समेत अनुराेध गरेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि