बैशाख ३१, २०८१, सोमबार
               

७ गतेसम्म विज्ञापन नहटाए विदेशी च्यानल बन्द : सञ्चार मन्त्रालय

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन अनुरोध गरेको छ । 

आज (बुधबार) मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दै कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण नभएमा प्रचलति कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिएका छन् ।

जारी विज्ञप्तिमा इन्डियन बोर्डकास्ट फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज र नेपाल केबल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुबाट विज्ञापनरहित (क्लिनफिड) प्रसारणको म्याद थप गर्न गरिएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधिको समेत व्यवस्था भएकोले ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिमै क्लिनफिड लागू गर्न अनुरोध गरिएको छ । 

कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ ।


कस्तो लाग्यो ?

यो पनि