जेठ ०५, २०८१, शनिबार
               

ग्यास लिक भएर आगलागी, तीन जना घाइते

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

कैलाली । धनगढीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् । 

घाइते हुनेमा धनगढी उपमहानगरपालिका-८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट रहेका छन् । 

घाइतेमध्ये बिर्मा बिष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा क्षति भएको छ ।

घाइते तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि