असोज ०५, २०८१, शनिबार
               

संघीय सांसद सानु शिवाको निधन

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ । 

लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंं मेडिकल कलेजमा निधन हो ।  

दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६÷०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन् । 

ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन् । 

पहाडीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत पहाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि