असोज ०५, २०८१, शनिबार
               

बलात्कारको घटना लुकाउने पञ्चायतीहरुलाई धरौटीमा छाड्न आदेश

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

सप्तरी । जिल्ला अदालत सप्तरीले पञ्चायती बसेर बलात्कारको घटनामा लुकाउन भूमिका खेल्ने ३ जनालाई जनही एक लाख १० हजार धरौटीमा छाडेको छ ।

डाक्नेश्वरी नगरपालिका–७ ब्रम्हपुरीकी १७ वर्षीया किशोरीलाई २६ भदौमा चार जनाको समूहले बलात्कार गरेका थिए । घटनाबारे उजुरी गर्न खोज्दा पञ्चायतीले रोकेर ५५ हजारमा मिलापत्र गराउन खोजेपछि पीडितले आत्महत्या गरेकी थिइन् ।

घटना सार्वजनिक भएपछि बलात्कारमा संलग्न दुई जना पक्राउ परेका थिए भने दुई जना अझै फरार छन् । पञ्चायती गर्ने ३ जना पक्राउ परेका थिए भने ७ जना फरार छन् । फरार भएकाहरुको खोजी भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि