असोज ०५, २०८१, शनिबार
               

गाउँमै सडक पुगेपछि खुसीको सीमा छैन हुम्लावासीको

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको छ । हुम्लाका सात गाउँपालिकामामध्ये पाँच  पालिका गाडीले छोएका छन् भने सर्केगाड र चंलेखी गाउँपालिकामा पुग्न बाँकी  छ । 

कर्णाली करिडोर निर्माण सम्पन्न भएलगत्तै अदानचुली–२, ३, र ४ मा गत वर्ष फागुनमा गाडी पुगेको थियो भने ताँजाकोट –४ र ५ मा आइतबार गाडी पुगेको हो । भौगोलिक रुपले विकट हुम्ला विस्तारै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । बाजुरा हुँदै हुमलाको ताँजाकोट र अदानचुलीमा गाडी पुगेपछि यहाँका बासिन्दा खुशी भएका छन् ।  

कर्णाली करिडोरअन्तर्गत सडक निर्माण भएपछि पछिल्लो चरणमा यहाँका पालिका सडक सञ्जालले छुने क्रम बढ्दै छ । सर्केगाड  र चंखेली गाउँपालिकामा सडक पुग्न बाँकी छ भने नाम्खा, सिमकोट, खार्पुनाथ,अदानचुली र ताँजाकोट गाउँपालिकामा गाडी पुगेका छन् ।

काठमाडौं, केरुङ, हिल्सा हुँदै नाम्खा भएर सदरमुकाम सिमकोट गत वर्ष खाद्यान्न लिएर ट्रक पुगेका थिए । माथिल्लो क्षेत्रका  नाम्खा, सिमकोट र  खार्पुनाथ गाउँपालिकामा एकदेखि अर्काे पालिकासमम गाडी सञ्चालन हुँदै आएका छन् । 

यसभन्दा पहिला पैदल हिँडेर बाजुरा जिल्लासम्म पुग्ने गरेका स्थानीयवासी अब घरबाटै गाडी चढेर बाजुरा तथा अन्य जिल्ला आवतजावत गरिरहेका छन् ।  कर्णाली प्रदेश,  सामाजिक विकास मन्त्रालयको रु ५० लाख बजेटबाट दुई वर्षदेखि सुरु गरी सडक निर्माण गरिएको हो । 


कस्तो लाग्यो ?

यो पनि