असोज ०५, २०८१, शनिबार
               

बझाङमा एक दशकपछि नियमित उडान

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

बझाङमा मङ्गलबारदेखि नियमित हवाइ सेवा सञ्चालनमा आएको छ । झण्डै दश वर्ष बढी बन्द बझाङ विमानस्थल कालोपत्रे भएपछि आज पहिलो पटक नियमित हवाइ सेवा सञ्चालनमा आएको हो ।

बझाङ विमानस्थल प्रमुख मोहन गिरीले विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परिक्षण उडान गरिएको र आजदेखि नियमीत उडान सुरु भएको बताए । मङ्गलबार समिट एयरले धनगढीबाट १८ यात्रु लिएर बझाङ पुगेको हो । अब हप्ताको दुई दिन र यात्रुको अवस्था हेरी उडान हुने गरी समिट एयरले सेवा दिने भएको हो ।

धनगढी बझाङ बसको यात्रा गर्दा धेरै समय लाग्ने र जोखिमपूर्ण हुने भएकोले हवाई यात्रा गर्दा खुशी भएको यात्रु प्रकाश सिहंले बताए । भाडा दर केही महङ्गो भए पनि समिट एयरले बझाङबासीको प्लेन चढ्ने धोको पुरा गरिदिएको अर्का यात्रु विराटसिहं कठायतले बताए । 


कस्तो लाग्यो ?

यो पनि