बैशाख २२, २०८१, शनिबार
               

फोहोर बिक्रीबाट डेढ लाख आम्दानी

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

स्याङ्जा : नगरपालिकाका स्थानीयकाे घरबाट निस्काे फोहोर बेचेर भीरकाेट नगरपालिकाले करिब डेढ लाख आम्दानी गरेकाे छ । भीरकोट नगरपालिकाले फोहोर बिक्रीबाट चालु आर्थिक वर्षमा १ लाख ४३ हजार ८३५ रुपैयाँ कमाएको हाे । साथै २ लाख ५० हजार बराबरको फोहोर बिक्री गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा स्थापना भएकाे फोहोरमैला व्यवस्थापन केन्द्रबाट फोहोरमैला व्यवस्थापन गर्ने भएको छ । सरसफाइ पर्यटनको मुख्य आधार भएकाले जिल्लाको मध्यभागमा रहेको भीरकोटमा भएका धार्मिक तथा ऐतिहासिक पर्यटनको विकास गर्नुअघि सरसफाइमा ध्यान दिएको जनाएकाे छ ।

फोहोरमैला व्यवस्थापनका लागि हालै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रशासकीय भवनको शिलान्यास गरेका छन् । भवनको शिलान्यास गर्दै मन्त्री लम्सालले तीनै तहको सरकारबीचकाे समन्वयमा मात्र समृद्ध नेपाल सुखी नेपालीकाे सपना सम्भव हुने बताए ।


कस्तो लाग्यो ?

यो पनि