मंसिर ०७, २०८१, शुक्रबार
               

एउटै गाउँपालिकामा ३५ हेलीप्याड

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

सोलुखुम्बु । सोलुखुम्बुमा एउटै गाउँपालिकामा ३५ वटा हेलीप्याड रहेका छन् । जिल्लाकाे खुम्बु पासाङल्हमू गाउँपालिकामा ३५ वटा हेलिप्याड रहेकाे जिल्ला विपद् व्यवस्थापन समितिले जनाएकाे छ । 

खुम्बु पासाङल्हमू गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा ९/९ वटा हेलिप्याड छन्‌ । खुम्बु पासाङल्हमूको वडा नं. ३ को मोन्जु, जम्फुडे, ठाडे, दोर्जी फोटाङ गुम्बा, यती माउण्टेन होम फाक्दिङ, ठाडो कोशी पावर हाउस, नाचीपाङ, महेन्द्रज्योति मावि, पेमा छोलिङ गुम्बा र नमस्ते लजमा गरी ९ वटा हेलिप्याड छन्‌ ।

यस्तै वडा नं. ४ को गोक्यो, मर्छेर्मा, गोरक्सेप, फोर्चे, पाङबोचे, दिबुचे, दिङबुचे, लबुचे र फेरिचेमा गरी ९ वटा र वडा नं. ५ को नाम्चे, खुम्बु बिजुली कम्पनी, थामे, ठमो, यती माउण्टेन होम, थामे, अपर थामे, मेण्डल्फु र एभरेष्ट भ्यु हाेटलमा गरी ९ वटा हेलिप्याड छन्‌ ।

वडा नं. १ को खरीखोला, बुक्सा, पैया र पाङ्गोम तथा वडा नं. २ को लुक्ला, सुर्के, स्याङमा र मुसेमा गरी ४/४ वटा हेलिप्याड रहेको जिल्ला
विपद व्यवस्थापन समितिले प्रकाशन गरेको जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजना पुस्तिकामा उल्लेख छ ।

साथै जिल्लाकाे महाकुलुङ गाउँपालिकामा ६ वटा हेलिप्याड छन्‌ । खुम्बु क्षेत्रमा आउने पर्यटकहरूकाे उद्धार तथा भ्रमण गर्न सहजताका लागि यत्ति धेरै हेलिप्याड बनाइकाे हाे । ‌उक्त हेली प्याडमा फिस्टेल, एयर डाइनेष्टी, एल्टिच्युड एयर, सिम्रिक एयर, माउण्टेन हेलिकप्टर र कैलास हेलिकप्टरले उद्धारकाे काम गर्ने गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि