बैशाख २४, २०८१, सोमबार
               

बैतडीका ६ स्वास्थ्यचौकीको स्तरोन्नति गरिने

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

बैतडी । बैतडीका ६ वटा स्वास्थ्यचौकीको स्तरोन्नति गरिने भएको छ ।स्वास्थ्य कार्यालय बैतडीका अनुसार सङ्घीय सरकारले जिल्लाका ६ स्वास्थ्यचौकीलाई १५  शय्या र १० शय्या अस्पतालको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । 

पुर्चौंडी नगरपालिका–३ स्थित न्वाउदेउ स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पताल स्तरोन्नति गरिने भएको छ । यसका लागि सङ्घीय सरकारले एक करोड बजेट विनियोजन गरेको छ । 

पुर्चौंडी नगरपालिकाको खातामा पठाएको छ । यस्तै, सूर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकी, डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्यचौकी, दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्यचौकी, शिवनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्यचौकी र पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्यचौकीलाई १० शय्याको अस्पतालमा स्तरोन्नति गरिने बताइएको छ । यसका लागि सम्बन्धित स्थानीय तहमा  ८५ लाखका दरले बजेट पठाइएको बताइएको छ ।

स्थानीयस्तरमै अस्पतालको सेवा प्राप्तिमा सहज होस् भनेर स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यचौकीलाई अस्पातलमा स्तरोन्नति गर्ने कार्य यसै वर्षबाट सुरु हुने जनाइएको छ । सम्बन्धित स्थानीय तहले स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने कार्य अगाडि बढाउनेछन् ।


कस्तो लाग्यो ?

यो पनि