जेठ ०५, २०८१, शनिबार
               

अनैतिक सम्बन्ध थाहा पाउने महिलाकाे हत्या

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

सप्तरी । तिरहुत गाउँपालिका- २ मैनाकडरी ५० वर्षीया दाइमनदेवी यावदको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । असोज १० गते राति आफ्नै घरमा सुतिरहेकाे अवस्थामा दाइमनदेवीको हत्या भएको थियो ।

हत्याको कारण अनैतिक यौन सम्बन्ध रहेको पाइएको छ । हक्त हत्या आरोमा प्रहरीले सोही वडाका २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय रोध भन्ने ओमप्रकाश यादव र सप्तरीको कन्चनपुर नगरपालिका- ११ ठेलियाका ५५ वर्षीय बमबहादुर साहलाई पक्राउ गरेको छ ।

दाइमनकी एक नातेदारसँग ओमप्रकाशको अनैतिक सम्बन्ध रहँदै आएको थियो। उनीहरुको सम्बन्धबारे दाइमनले थाहा पाएपछि परिवारका सदस्यलाई भन्नसक्ने भएकाले हत्याको योजना ओमप्रकाशले बनाएर प्रहरीले जनाएकाे छ ।  दाइमनलाई हाल पक्राउ परेका बमबहादुरले डोरीले घाँटीमा बाँधेर कसेर हत्या गरेका थिए । अन्य दुई जना भने कोही आउँछ कि भनेर रेक गर्न बसेको अनुसन्धानबाट खुलेको प्रदेश २ का डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए ।

अर्कोतर्फ पक्राउ परेका अजय र दाइमनदेवीबीच जग्गाको समेत विवाद थियो । दाइमनदेवीको २ बिगाहा जग्गाका अजयका बाबुले २०४७ सालदेखि जोतपोत गर्दै आएकाे विषयमा विवाद थियो । बमबहादुर शाह भने विगतमा मधेश मक्ति टाइगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहकोे हत्यामा आरोपमा ८ वर्ष कैद बसी छुटेका व्यक्ति हुन् । 


कस्तो लाग्यो ?

यो पनि