बैशाख १८, २०८१, मंगलबार
               

आजको मौसम : पहिलेको भन्दा सुधार

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज विगतमा भन्दा मौसम सुधारमा आएको छ ।

महाशाखाले जनाए अनुसार दिउँसो पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । साथै, प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राती पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भू–भागहरूमा आंशिक बदली रहने भने देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि