असोज ०५, २०८१, शनिबार
               

जोरबिजोर उल्लंघन गर्ने ९ सय ५७ सवारीसाधन नियन्त्रणमा

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

काठमाडौं । हिजो शनिबार काठमाडौं उपत्यकाबाट ट्राफिक प्रहरीले ७९९ दुई पाङ्ग्रे र १५८ वटा ४ पाङ्ग्रे सवारीसाधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट जोरबिजोर प्रणाली उल्लंघन गर्ने ९५७ सवारीसाधनलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि यसलाई नियन्त्रण गर्न नम्बर प्लेटको आधारमा सवारीसधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

बिहानको समयमा सडकमा सवारीसाधनको संख्या कम भएका कारण सवारी आवागमन सामान्य रहेको हो । जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारी साधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि